Like us!
Follow us!

नेप्से परिसूचक घट्दा सेन्सेटिभ परिसूचक बढ्यो

नेप्से परिसूचक घट्दा सेन्सेटिभ परिसूचक बढ्यो

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा गिरावट आएको छ  । कारोबारको सुरु (प्रिओपन सेसन)मा ११.६३ अंकले बढेको बजार कारोबारको अन्तिम समयमा घटेको हो । नेप्से परिसूचकमा गिरावट आए पनि सेन्सेटिभ परिसूचक भने बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १०.३८ अंकले घटेर २९२०.५१ विन्दुमा झरेको छ । नेप्से ०.घठ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक भने ०.०६ अंकले बढेर ५४३.८० विन्दुमा पुगेको छ ।  

कूल २३२ वटा कम्पनीको १ करोड ४७ लाख ४ हजार २ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३ करोड ५ लाख ८ हजार २ सय ६२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ उपसमूहहरुको सेयर घटेको छ भने बाँकी ५ उपसमूहहरुको सेयर बढेको छ । आज सबैभन्दा धेरै फाइनान्स समूहको सेयर घटेको छ । 

बजार घट्दा कारोबार रकममा नेपाल टेलिकम अब्बल देखिएको छ । आज टेलिकमको ३२ करोड १४ लाख ५३ हजार ४ सय २८ रूपैयाँको कारोबार भएको छ ।  

आइतबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ९ सय १४ रपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, आज साम्लीङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ६.६९ प्रतिशतले घटेर ६ सय ८३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

हेर्नुहोस् आजको तालिका  :

61ed20c1aba82.JPG 61ed20c46b88a.JPG 61ed20c671cc2.JPG 61ed20c8ad8f0.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।