Like us!
Follow us!

एनएमबि बैंकले पठायो लाभांश, तपाईंको खातामा आयो ?

एनएमबि बैंकले पठायो लाभांश, तपाईंको खातामा आयो ?

लगानी खबर, काडमाडौं - ,एनएमबि बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ ।

बैंकको पौष २२ गते, सम्पन्न भएको २६ औं वार्षिक साधारण सभाले पारित गरेको ३.३० प्रतिशत नगद लाभांश बुक क्लोज हुनुभन्दा अघिल्लो दिन अर्थात् पौष ६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको सम्बन्धित बैंक खातामा जम्मा गरिएको बैंकले जनाएको छ । 

त्यसैगरी, बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

बैंकको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

सूचना हेर्नुहोस् :

61ed0a4b71e6d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।