Like us!
Follow us!

भारतमा कोभिड बाट एकै दिन ५२५ जनाको मृत्यु, अधिकांश मृतक खोप नलगाएका

भारतमा कोभिड बाट एकै दिन ५२५ जनाको मृत्यु, अधिकांश मृतक खोप नलगाएका

लगानी खबर, काठमाडौं - भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ३३ हजारमा कोभिड संक्रमण देखिएको छ । यो शनिवारको तुलनामा केही कम हो । पछिल्लो समयमा कोभिडबाट विश्वमा अमेरिकापछि भारत सबैभन्दा प्रभावित छ । भारतमा एक महिनादेखि कोभिडको तेस्रो लहर चलेको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा कोभिड संक्रमण तीव्र दरमा फैलिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घन्टामा ५२५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये खोपै नलगाएका वा एक पटक मात्र लगाएका छन् । 

मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये ५ दशमलव ५७ प्रतिशत सक्रीय संक्रमित छन् भने कोभिडबाट निको हुने दर घटेर ९३ दशमलव १८ प्रतिशत पुगेको छ । एजेन्सी

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।