लगानी खबर, काठमाडाैँ - फरवार्ड माइक्राेफाइनान्स लघुवित्त लिमिटेडले आजदेखि (माघ ९ गते, आइतबार) आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएकाे छ ।
संस्थाकाे पाैष ३० गते, सम्पन्न भएकाे नवाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ७ प्रतिशतका दरले नगद लाभांश बुकक्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे हितग्राही खातामा अद्यावधिक भएकाे बैंक खातामा आजदेखि जम्मा गरिने संस्थाले जनाएकाे छ ।
संस्थाले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । धिताे राखेकाे सेयरकाे हकमा भने सम्बन्धित संस्थाबाट No Objection Letter प्राप्त भएपछि मात्र लाभांश पठाइनेछ ।
साथै, साधारण सभाबाट पारित भएकाे ३५ प्रतिशत बाेनस सेयर सूचीकरण भएपश्चात् सम्बन्धित शेयरधनीकाे खातामा जम्मा गरिने पनि कम्पनीले जानकारी दिएकाे छ ।
त्यसैगरी, संस्थाकाे सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।