लगानी खबर, काठमाडौं महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ४५ करोड ६२ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा बैंकले ३४ करोड ६८ लाख ७१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि १.६५ प्रतिशतले बढेर ८६ करोड २४ लाख ३४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ८४ करोड ८४ लाख ४१ हजार रूपैयाँ रहेको थियो ।
दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ४१.३६ प्रतिशतले बढेर ६८ करोड ४ लाख ५१ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ४८ करोड १३ लाख ६९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
त्यस्तै, बैंकको चुक्ता पुँजी ३ अर्ब ३४ करोड २४ लाख २ हजार रुपैयाँ र जगेडा कोषमा एक अर्ब २ करोड ६२ लाख ४ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २७ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ४० पैसा रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।