Like us!
Follow us!

आजबाट घर बाहिर निस्कँदा अनिवार्य खोपकार्ड, कार्ड हराएको भए के गर्ने ?

आजबाट घर बाहिर निस्कँदा अनिवार्य खोपकार्ड, कार्ड हराएको भए के गर्ने ?

लगानी खबर, काठमाडौं - काठमाडौं उपत्यकामा शुक्रबारबाट घर बाहिर निस्किँदा कोरोनाभाइरसविरुद्ध लगाएको खोपकार्ड बोक्नुपर्ने भएको छ । काठमाडौं उपत्यका तीनवटै प्रमुख जिल्ला अधिकारीहरूले बिहीबार जारी गरेको आदेशमा शुक्रबारदेखि घरबाट बाहिर निस्किँदा अनिवार्य खोपकार्ड बोक्नुपर्ने उल्लेख छ ।

खोपकार्डको फोटो खिचेर मोबाइलमा बोके पनि हुने आदेशमा भनिएको छ । शुक्रबारदेखि सार्वजनिक स्थान जाँदा वा सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड बोक्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । 

अब कार्यालय, होटल, फिल्म हल, रंगशाला, हवाईयात्रा गर्दा कोरोनविरुद्धको खोप लगाएको कार्ड वा फोटो अनिवार्य रुपमा देखाएर मात्रै प्रवेश गर्न पाइने छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ । पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले पनि खोप कार्ड अनिवार्य नै चाहिने भएको हो । त्यसैले अब खोप कार्ड हराए के गर्ने त ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हराएमा खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने जनाएको  छ । मन्त्रालयका अनुसार तीन तरिकाबाट हराएको खोप कार्ड लिन सकिन्छ । 

पहिलो :
दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिने । 

दास्रौ :
जोन्सोन एण्ड जोन्सोन खोप लगाएको भए सोही केन्द्रबाट वा खोप लगाएको स्वास्थ्य संस्था भएको पलिकाको स्वास्थ्य संस्थाबाट प्रतिलिपि लिने । 

तेस्रो :
पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पलिकाको स्वास्थ्य संस्थाबाट प्रतिलिपि लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।