Like us!
Follow us!

१४८ प्रतिशतले बढ्यो सिभिल बैंकको नाफा, अन्य सूचक उत्साहजनक

१४८ प्रतिशतले बढ्यो सिभिल बैंकको नाफा, अन्य सूचक उत्साहजनक

लगानी खबर, काठमाडौं - सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ५० करोड ४० लाख एक हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १४८.४२ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले २० करोड २८ लाख ८४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ५७.०३ प्रतिशतले बढेर एक अर्ब ४६ करोड ७४ लाख ४९ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ९३ करोड ४५ लाख ७ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि १७१.४६ प्रतिशतले बढेर ७३ करोड २२ लाख ९४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले २६ करोड ९७ लाख ५८ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६९ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ र जगेडा कोषमा २ अर्ब ५४ करोड ६ लाख ३८ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ३९ पैसा रहेको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।