Like us!
Follow us!

३३ प्रतिशतले घट्यो मञ्जुश्री फाइनान्सको नाफा, अन्य सूचक कस्तो ?

३३ प्रतिशतले घट्यो मञ्जुश्री फाइनान्सको नाफा, अन्य सूचक कस्तो ?

लगानी खबर, काठमाडौं - मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सले ७ करोड ५३ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३३.५२ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा बैंकले ११ करोड ३४ लाख २ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
 
समिक्षा अवधिसम्म फाइनान्सको खुद व्याज आम्दानी भने २.२४  प्रतिशतले बढेर १९ करोड ७७ लाख २६ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सको खुद व्याज आम्दानी १९ करोड ३३ लाख ८७ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सको सञ्चालन मुनाफा पनि ३०.८६ प्रतिशतले घटेर १० करोड ७६ लाख ९८ हजार रूपैयाँ पुगेको छ । गत वर्ष फाइनान्सले १५ करोड ५७ लाख ६५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म फाइनान्सको वितरणयोग्य मुनाफा ५ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, फाइनान्सको चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ र जगेडा कोषमा ४२ करोड २६ लाख ४३ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी  (ईपीएस) ११ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।