लगानी खबर, काठमाडाैँ - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आज माघ ७ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीले १ बराबर १.५ को अनुपातमा कुल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि पुस २६ गते एकदिन बुकक्लोज गरेको थियाे । त्यसैले, पुस २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
उक्त हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले बिक्री सिभिल क्यापिटल, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।