लगानी खबर, काठमाडाैँ - नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ८.२० प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब एक करोड ६० लाख २३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि ३५.१३ प्रतिशतले बढेर ४ अर्ब २१ करोड ९६ लाख १८ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ३ अर्ब १२ करोड २६ लाख ३९ हजार रूपैयाँ रहेकाे थियाे ।
दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ८.६० प्रतिशतले बढेर ३ अर्ब ११ करोड ५३ लाख ८९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले २ अर्ब ८६ करोड ८५ लाख ७७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ।
त्यस्तै, बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ र जगेडा कोषमा १५ अर्ब ५८ करोड ८६ लाख ११ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) २३ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा रहेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।