Like us!
Follow us!

नेप्सेमा थप तीन लघुवित्तको बोनस सेयर सूचिकृत, कुनको कति ?

नेप्सेमा थप तीन लघुवित्तको बोनस सेयर सूचिकृत, कुनको कति ?

लगानी खबर, काठमाडौं - आज माघ ६ गते (बिहीबार) नेपाल स्टक एस्सचेन्ज (नेप्से)मा थप तीन लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । आज गुँरास लघुवित्त, साधना लघुवित्त र आशा लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत हो । 

गुँरास लघुवित्त वित्तीय संस्थाको १६.९०६४ प्रतिशत बोनस बापतको १ लाख ४१ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । साधना लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस बापतको ६ लाख ४२ हजार ४ सय ५१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस बापतको ६ लाख ६७ हजार ८ सय २८ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

यस अघि पनि नेप्से माछापुच्छ्रे बैंक लिमिटेडको सेयर सूचिकृत थियो । 

 

61e91cd2bcbc3.JPG 61e91cd4f07f7.JPG 61e91cd922d28.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।