Like us!
Follow us!

२२.२५ प्रतिशतले बढ्याे ग्लोबल आइएमई लघुवित्तको नाफा, ईपीएस कति ?

२२.२५ प्रतिशतले बढ्याे ग्लोबल आइएमई लघुवित्तको नाफा, ईपीएस कति ?

लगानी खबर, काठमाडाैँ - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले १४ करोड ७८ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २२.२५ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले १२ करोड ९ लाख ८० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि ५५.९९ प्रतिशतले बढेर ३० करोड ३७ लाख ७६ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी १९ करोड ४७ लाख ३६ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि १३.१२ प्रतिशतले बढेर १५ करोड ७ लाख ९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्थाले १३ करोड ३२ लाख ३१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ र जगेडा कोषमा ३६ करोड ५४ लाख ४४ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) भने १९ रुपैयाँ ६० पैसाले घटेर ५३ रुपैयाँ ५३ पैसामा सीमित भएको छ । अघिल्लाे वर्ष संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ७३ रूपैयाँ १३ पैसा रहेकाे थियाे । संस्थाकाे प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ १३ पैसा र मुल्य आम्दानी अनुपात ३४.४७ गुणा रहेकाे छ ।

61e8ce32e498e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।