Like us!
Follow us!

सरकारले घटायो पीसीआर परीक्षण शुल्क

सरकारले घटायो पीसीआर परीक्षण शुल्क

सरकारले कोरोना भाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । 

पीसीआर परीक्षणको शुल्क शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । 

उनका अनुसार पीसीआर परीक्षण एक हजार रुपैयाँ लिँदै आएको अब २०० रुपैयाँ घटाएर ८०० रुपैयाँ कामय गरिएको हो । 

सरकारी प्रयोगशालाले लिइँदै आएको एक हजार रुपैयाँ शुल्कलाई घटाएर ८०० रुपैयाँ कायम गरेको डा. अधिकारीले जानकारी दिए । 

उनका अनुसार निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार ५०० रुपैयाँ मात्र लिन पाउनेछन्  ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।