Like us!
Follow us!

यी शाखाहरु बन्द गर्दै एनआईसी एशिया बैंक, यस्तो छ कारण

यी शाखाहरु बन्द गर्दै एनआईसी एशिया बैंक, यस्तो छ कारण

लगानी खबर, काठमाडौं - कोरोना भाइरस (COVID 19) को जोखिमलाई मध्यनजर गर्दै एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना विभिन्न शाखा कार्यालयहरु तथा विस्तारित काउण्टरहरु बन्द गर्ने भएको छ ।

बैंकले प्रदेश नम्बर १ को धरान उपमहानगरपालिकाको बिस्तारित काउण्टर, बाग्मती प्रदेशको बनेपा शाखा, बालाजु शाखा, न्यूरोड खिचापोखरी शाखा, शंखमुल शाखा, सिनामंगल शाखा, ग्वार्को शाखा, लामाटार बिस्तारित काउण्टर, धौबिघाट बिस्तारित काउण्टर, लुभु बिस्तारित काउण्टर र लुम्बिनी प्रदेशको डिङ्गरनगर (तिलोत्तमा) शाखा बन्द गर्ने भएको हो । 

यी बाहेक अन्य सम्पूर्ण शाखा कार्यालयहरू तथा बिस्तारित काउण्टरहरू भने खुल्ला रहने बैंकले जनाएको छ ।

सूचना हेर्नुहोस् :

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।