Like us!
Follow us!

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा झरेको छ ।

गिरावट आएको बजारमा आज पनि अपि पावर कम्पनी लिमिटेडकै सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २० करोड ३२ लाख २१ हजार २ सय ९७ रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिन पनि अपि पावर कम्पनी लिमिटेडकै सर्वाधिक कारोबार भएको थियो । 

त्यस्तै, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : अरुण भ्याली हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपाव, सुर्या लाइफ इन्स्योरेन्स, एनआसी एशिया बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, हिमालयन डिष्टिलरी लिमिटेड, नेपाल टेलिकम र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेका छन् । 

61e7e00c5f23b.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।