Like us!
Follow us!

राताम्मै भएको बजारमा यी १० कम्पनीका लगानीकर्ताले व्यहोरे सर्वाधिक घाटा

राताम्मै भएको बजारमा यी १० कम्पनीका लगानीकर्ताले व्यहोरे सर्वाधिक घाटा

लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजारमा गिरावट आएको छ  । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा झरेको छ ।

गिरावट आएको बजारमा आज घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् । आज कम्पनीको सेयर मूल्य ४.३४ प्रतिशतले घटेर ३ सय ५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : कालिका लघुवित्त, ग्लोबल आईएमई समुन्नत स्किम १, मध्य भोटेकोशी जलविद्युत, गुहेह्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, हिमालय उर्जा विकास कम्पनी, सोल्टी होटल, सिइडिबी हाइड्रोपावर, ओरियन्टल होटल्स र स्वरोजगार लघुवित्त बिकास बैंक लिमिटेड रहेका छन् । 

 

61e7dd2056ca7.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।