Like us!
Follow us!

सेयर बजारमा दोहोरो अंकको गिरावट, सबै उपसमूह भए राताम्मै

सेयर बजारमा दोहोरो अंकको गिरावट, सबै उपसमूह भए राताम्मै

लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजारमा गिरावट आएको छ  । अघिल्लो दिन १०.७८ अंकले घटेको बजारमा आज पनि गिरावट आएको हो । नेप्से परिसूचकमा गिरावट आउँदा सबै उपसमूह राताम्मै देखिएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा झरेको छ । नेप्से १.३१ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ७.८१ अंकले घटेर ५३९.६५ विन्दुमा झरेको छ ।  

कूल २२२ वटा कम्पनीको १ करोड १८ लाख ३७ हजार २ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २ करोड १३ लाख ११ हजार ८ सय ८१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहहरुको सेयर घटेको छ । आज सबैभन्दा धेरै अन्य समूहको सेयर घटेकोको छ । 

बजार घट्दा कारोबार रकममा आज पनि अपि पावर कम्पनी लिमिटेड अब्बल देखिएको छ । आज कम्पनीको २० करोड ३२ लाख २१ हजार २ सय ९७ रूपैयाँको कारोबार भएको छ ।  

बुधबार बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ  । आज कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर २ सय ८७ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, आज घलेम्दी हाइड्रो लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ४.३४ प्रतिशतले घटेर ३ सय ५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

हेर्नुहोस् आजको तालिका  :

61e7d9cff2cbc.JPG 61e7d9d1efda1.JPG 61e7d9d41048d.JPG 61e7d9d68e3c8.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।