Like us!
Follow us!

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामीमा

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामीमा

लगानी खबर, काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले नबिल बैंकको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले १ लाख ६२ हजार ४ सय ९८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । 

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले माघ १८ भित्र बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयरको न्यूनतम मूल्य ६ सय १८ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

संस्थाको सेयर बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीले विद्यमान संस्थापक हरुलाई प्राथामिकता दिई यो लिलामको सूचना प्रकाशित गरी ३५ दिनको समय दिएको हुनाले संस्थापक सेयर धनीहरुलाई छुटैृ ३५ दिनको सूचना प्रकाशित नगरिएको समेत यसै सूचना मार्फत जानकारी गराएको छ । 

सूचना हेर्नुहोस् :

No description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।