Like us!
Follow us!

नेशनल लाईफको लिलामी सेयर भर्ने आज अन्तिम दिन

नेशनल लाईफको लिलामी सेयर भर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - एनआईसी एशिया बैंक लिमिटेडकाे स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे लिलामी सेयर भर्ने आज (माघ ५ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले पाैष २८ गतेबाट कम्पनीकाे ५७ हजार १ सय ९२ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । उक्त सेयरकाे न्यूनतम मूल्य ३८७ रुपैयाँ ३० पैसा तोकिएको छ । लगानीकर्ताले साे वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेकाे छ । लगानीकर्ताले एनआईसी एशिया क्यापिटल बबरमहल, काठमाडाैँ तथा एनआईसी एशिया बैंक लिमिटेडकाे कर्पाेरेट कार्यालय र बैंकका विराटनगर, बिरगञ्ज, बुटवल, पाेखरा, धनगढी र सुर्खेत शाखाबाट आवेदन दिन सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।