लगानी खबर, काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ Scan & Withdraw सेवाको सुरूवात गरेको छ ।
Scan & Withdraw मार्फत ग्राहकहरूले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने बैंकले जनाएको छ ।
यसैगरी, बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ र निकट भविष्यमा नै यस सेवालाई देश भरीका अन्य शाखाहरूबाट समेत प्रवाह गर्ने उद्देश्यका साथ कार्यारम्भ भइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताएका छन् ।
त्यस्तै, नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथ साथै बैंकमा कार्यरत कर्मचारी र आदरणीय ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरू प्रदान गर्ने उद्देश्यका साथ Scan & Withdraw सेवा प्रयोगमा ल्याईएको हो । यसको प्रयोग सँगै कर्मचारी र ग्राहकको सम्पर्क घट्ने हुँदा संक्रमणको जोखिम न्यून हुने विश्वास बैंकले लिएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।