Like us!
Follow us!

नेप्सेमा ९ लाख २६ हजार कित्ता सेयर सूचिकृत

नेप्सेमा ९ लाख २६ हजार कित्ता सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) २ वटा लघुवित्तको ९ लाख २६ हजार ६३ कित्ता सेयर सूचिकृत  भएको छ । सेयर सूचिकृत भएर कारोबार समेत फुकुवा भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचिकृत हुनुका साथै कारोबार समेत फुकुवा भएको छ ।

स्टकका अनुसार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १:०.८४ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको २ लाख एक हजार ६ सय कित्ता सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

त्यसैगरी, साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेड १:०.७५ को अनुपातमा एक आपसमा गाभ्नेरगाभिने (मर्जर) गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको ७ लाख २४ हजार ४ सय ६३ कित्ता सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

यसका साथै, आज (माघ ४ गते, मंगलबार) बाट मर्जर प्रयोजनका लागि रोक्का भएको दुवै संस्थाको कारोबार समेत फुकुवा गरिएको छ ।

सूचना हेर्नुहोस् :

61e690305005b.jpg

61e690374900f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।