Like us!
Follow us!

बजार घट्दा पनि यी १० कम्पनीको सेयर मूल्य बढ्यो

बजार घट्दा पनि यी १० कम्पनीको सेयर मूल्य बढ्यो

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ  । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ ।

गिरावट आएको बजारमा आज साम्लीङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ  । आज कम्पनीको सेयर मूल्य ९.४९ प्रतिशतले बढेर ६ सय ४९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ ।  

त्यस्तै, सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : मध्य भोडेकोशी जलविद्युत कम्पनी, बुद्धभुमि हाइड्रोपावर, प्रभु बैंक, बरुण हाइड्रोपावर, ग्लोवल आइएमई समुन्नत स्किम १, लक्ष्मी उन्नती कोष, तेह्रथुम पावर कम्पनी, आईएमइ जनरल इन्स्योरेन्स र ओरियन्टल होटल लिमिटेड रहेका छन् ।  

61e6920ff20ac.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।