Like us!
Follow us!

अपि पावरको २८ करोडको कारोबार, यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

अपि पावरको २८ करोडको कारोबार, यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ  । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ ।

गिरावट आएको बजारमा आज अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २८ करोड ११ लाख ३९ हजार १ सय ३१ रूपैयाँको कारोबार भएको छ ।  

त्यस्तै, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : अरुण भ्याली हाइड्रोपावर, नेपाल टेलिकम, आइएमई जनरल इन्स्योरेन्स, हिमालयन डिष्टिलरी लिमिटेड, एनआसी एशिया बैंक, अपर तामाकोशी हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र प्रभु बैंक लिमिटेड रहेका छन् । 

61e68f4a0bb8f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।