Like us!
Follow us!

आप्रवासी चढेको डुंगा दुर्घटना, कम्तिमा ४३ को मृत्यु

आप्रवासी चढेको डुंगा दुर्घटना, कम्तिमा ४३ को मृत्यु

लगानी खाबर, काठमाडौं - दक्षिणी मोरक्कोमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तिमा ४३ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा महिला र केही बालबालिका पनि रहेका छन् । डुंगा डुब्दा पल्टिएका १० जनाको उद्दार गरिएको छ । दुर्घटनापछि डुबेका मानिसहरुले सहयोगका लाग याचना गर्दै चिच्चाएका थिए ।

‘दुर्घटनास्थल पत्ता लगाउन स्थानीय र उद्दारकर्तालाई केही समय लागेको थियो,’ क्यामिनाडो फ्रन्टिनर्सले एक विज्ञप्तिमा भनेको छ । फ्रन्टिनर्सले डुंगा दुर्घटनामा मारिएका व्यक्तिको तथ्यांक संकलन गर्दै आएको छ । ४३ मध्ये दुई जनाको शव फेला परेको सो संगठनले जनाएको छ । ती आप्रवासी मोरक्को हुँदै स्पेनको क्यानरी टापुतर्फ जाँदै थिए । एजेन्सी
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।