Like us!
Follow us!

चीनमा ओमिक्रोन प्रवेश गर्नुको कारण क्यानडाबाट पठाएको मेल

चीनमा ओमिक्रोन प्रवेश गर्नुको कारण क्यानडाबाट पठाएको मेल

लगानी खबर, काठमाडौं - बेइजिङमा हालै देखिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  क्यानडाबाट पठाएको मेलमार्फत प्रवेश गरेको हुनसक्ने चिनियाँ सञ्चार माध्यमहरुले अनुमान गरेका छन् । १५ जनवरीमा बेइजिङमा एक जनामा संक्रमण देखिएको थियो । संक्रमितको आवासीय कम्पाउन्ड र कार्यक्षेत्र सील गरिएको छ ।

बेइजिङको रोग उन्मुलन तथा नियन्त्रण केन्द्रका उपनिर्देशक पाङ सिङहुओले संक्रमितले ७ जनवरीमा क्यानडाबाट एउटा पत्र प्राप्त गरेको बताएकी छिन् । ती पुरुष संक्रमणको कारण उनको ‘पोस्ट’ भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उनले वाहिरबाट बारम्बार मेल प्राप्त गरेको उनले बताएका छन् । 

मेलमा सम्पर्कमा रहेका सबै कर्मचारीहरु अहिले क्वारेन्टिनमा छन् । अहिलेसम्म आठ जनाको परीक्षण नेगेटिभ आएको छ । चिनियाँ अधिकारीहरुले मेलमार्फत भाइरस निर्याता भएको दाबी गरे पनि केही अनुसन्धानकर्ताहरु भने यसबारे शंका व्यक्त गर्दै आएका छन् । भाइरस लामो समय सतहमा बाँच्न नसक्ने ती अधिकारीहरुले बताएका छन् । एजेन्सी

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।