लगानी खबर, काठमाडौं - धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज माघ ४ गते (मंगलबार) बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ ।
स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको प्रतिकित्ता २४६ रुपैयाँ ७० पैसा कारोबार भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो ।
कम्पनीको सेयर नेप्सेमा माघ २ गते, आइतबार सूचीकृत भएको हो जसअनुसार माघ ३ गते स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनु पर्ने थियो । तर, उक्त दिन स्पेशल प्रि ओपन सेसनमा कारोबार हुन सकेन। त्यसैले यस दिन कम्पनीको पहिलो कारोबार भएको हो ।
माघ २ गते (आइतबार) कम्पनीको ४० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको थियो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि BNHC सिम्बोल पाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । उक्त आईपीओ असोज २२ गते, शुक्रबार गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । सो आईपीओमा २० लाख ३० हजार ९ सय ५५ जना आवेदकहरूले आवेदन दिएका थिए । जसमध्ये ७४ हजार ४ सय आवेदकले १० कित्ताको दरले सेयर हात पारेका थिए ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।