Like us!
Follow us!

बरुण हाईड्रोपावरले डाक्याे स्थगित साधारण सभा, के-के छन् एजेन्डा ?

बरुण हाईड्रोपावरले डाक्याे स्थगित साधारण सभा,  के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडाैँ - बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले यसअघि स्थगित भएकाे वार्षिक साधारण सभा आह्वान गरेकाे छ । उक्त सभा माघ १२ गते, बुधबार कम्पनीको केन्द्रिय कार्यलय, अनामनगर काठमाण्डौंमा बिहान ९ बजेदेखि सुरू हुनेछ । यसअघि पाैष २९ गते, बिहीबार गर्ने भनिएकाे कम्पनीकाे वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेकाे हुनाले स्थगित भएकाे थियाे ।

कोभिड-१९ महामारीको जोखिम कायम नै रहेको हुनाले साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधि मार्फत सहभागी हुन सक्ने गरी शेयरधनीहरुलाई Zoom Meeting ID तथा Password उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएकाे छ । 

सभामा कम्पनीले १००% हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद निष्कासन गर्न कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।  यसका साथै, सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि पारित हुनेछन् ।

कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष १६ गते बुकक्लाेज गरिसकेकाे छ । त्यसैले, पाैष १५ गतेसम्म कायम शेयरधनीहरूले सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।