लगानी खबर, काठमाडाैँ - प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (माघ ४ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि माघ ५ गतेदेखि माघ २१ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आजसम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भएर कायम भएका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको वार्षिक साधारण सभा माघ २१ गते शुक्रबार प्रिमियर भवन नक्साल काठमाडौँमा भर्चुअल माध्यामबाट बिहान ११ बजे सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।