Like us!
Follow us!

किन भएन नेप्सेमा बुद्धभुमि नेपालको सेयर कारोबार ?

किन भएन नेप्सेमा बुद्धभुमि नेपालको सेयर कारोबार ?

लगानी खबर, काठमाडौं - आज माघ ३ गते (सोमबार) नेपाल स्टक एक्सचेञ्जमा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार भएको छैन । स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच नभएका कारण कारोबार नभएको हो ।

स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र रेगुलर कारोबार खुल्ने प्रावधान छ । जस अनुसार अब मंगलबार फेरि स्पेशल प्रि ओपन सेसनमा कम्पनीको कारोबार खुल्नेछ । सो सेसनमा कारोबार भएमा मात्रै नियमित कारोबार हुनेछ ।

हिजो माघ २ गते (आइतबार) कम्पनीको ४० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको थियो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि BNHC सिम्बोल पाएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । उक्त आईपीओ असोज २२ गते, शुक्रबार गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । सो आईपीओमा २० लाख ३० हजार ९ सय ५५ जना आवेदकहरूले आवेदन दिएका थिए । जसमध्ये ७४ हजार ४ सय आवेदकले १० कित्ताको दरले सेयर हात पारेका थिए । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।