Like us!
Follow us!

अरुण भ्याली हाइड्रोपावरको ३६ करोडको कारोबार, यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

अरुण भ्याली हाइड्रोपावरको ३६ करोडको कारोबार, यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौं - यस महिनाको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा रौनकता छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ विन्दुमा पुगेको छ ।

बढेको बजारमा आज सर्वाधिक कारोबार गर्ने कम्पानीहरुको पहिलो नम्बरमा अरुण भ्याली हाइड्रोपावर लिमिटेड रहेका छ । आज हाइड्रोपावरको ३६ करोड ४३ लाख १७ हजार ५ सय ३१ रूपैयाँको कारोबार भएको छ । 

त्यस्तै सार्वधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : अपि पावर, अपर तामाकोशी हाइड्रोपावर, सिवम् सिमेन्ट, नेपाल इन्फ्रास्टक्चर बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल टेलिकम, हिमालयन डिष्टिलरी लिमिटेड, ङादी ग्रुप पावर र नबिल बैंक लिमिटेड रहेका छन् । 
 

61e3ec833e228.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।