Like us!
Follow us!

वृद्धि भएको बजारमा आज यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक बढ्यो

वृद्धि भएको बजारमा आज यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक बढ्यो

लगानी खबर, काठमाडौं - यस महिनाको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा रौनकता छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ विन्दुमा पुगेको छ ।

बढेको बजारमा आज स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ५ सय ५० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै सार्वधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : मध्य भोटेकोशी जलविद्युत कम्पनी, हिमालयन डिष्टिलरी लिमिटेड, सिन्धु विकास बैंक, सिभिल बैंक, अरुण भ्याली हाइड्रोपावर, मन्जुश्री फाइनान्स, हिमालय उर्जा विकास कम्पनी र ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड रहेका छन् । 

61e3e9fe1e72c.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।