Like us!
Follow us!

सेयर बजारमा हरियाली, साडे ९ अर्ब नाघ्यो कारोबार रकम

सेयर बजारमा हरियाली, साडे ९ अर्ब नाघ्यो कारोबार रकम

लगानी खबर, काठमाडौं - यस महिनाको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा रौनकता छाएको छ । नेप्से परिसूचकमा वृद्धि हुँदा कारोबार रकम पनि ह्वात्तै बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ विन्दुमा पुगेको छ । नेप्से २.४१ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ११.८१ अंकले बढेर ५४२.६३ विन्दुमा पुगेको छ ।  

कूल २२९ वटा कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४ सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहहरुको सेयर बढेको छ । आज सबैभन्दा धेरै उत्पादन र प्रसोधन समूहको सेयर बढेको छ । 

बजार बढ्दा कारोबार रकममा अरुण भ्याली हाइड्रोपावर लिमिटेड अब्बल देखिएको छ । आज हाइड्रोपावरको ३६ करोड ४३ लाख १७ हजार ५ सय ३१ रूपैयाँको कारोबार भएको छ । 

आइतबार स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ५ सय ५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, आज १०.२५ प्रतिशत ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८०/८१ को मूल्य सर्वाधिक घटेको छ । आज डिबेञ्चरको मूल्य ३.५९ प्रतिशतले घटेर ९ सय ९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

हेर्नुहोस् आजको तालिका  :

61e3e57c5f174.JPG 61e3e57e34d90.JPG 61e3e580b4c91.JPG 61e3e582a8ccb.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।