Like us!
Follow us!

फक्सवागनको टप–क्लास फ्ल्यागसिप मोडल नयाँ ट्वारेग–आर नेपाली बजारमा

फक्सवागनको टप–क्लास फ्ल्यागसिप मोडल नयाँ ट्वारेग–आर नेपाली बजारमा

लगानी खबर, काठमाडौं नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ । पहिलेदेखि नै लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टका साथ धेरै फिचर थप भएर आएको कम्पनीले जनाएको छ । 

क्लास लिडिङ ठूला एसयूभीका लागि फक्सवागन विश्वमै परिचित छ । नयाँ एसयूभी ट्वारेग–आर विश्व प्रसिद्ध ६ सिलिन्डर भी)६, ३.०) लिटर टबोचाज्र्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित छ । यसले ५३००–६४०० आरपीएममा ३४० पीएस पावर र १३७०–४५०० आरपीएममा ४५० एनएम टर्क जेनेरेट गर्छ ।

फोक्सवागन ट्वारेगलाई पोर्श र फक्सवागन समूहले अडी र फक्सवागन ब्रान्डहरू समावेश गरी संयुक्त उद्यम परियोजनाको रूपमा विकसित गरेको थियो । डिजाइनर “फ्राङ्क ब्रुज“ ले नयाँ ट्वारेग–आरको डिजाइन गरेका छन् । यसले औदी क्यु–७, पोर्श कयेन, बेन्त्ली बेन्ताइघा र ल्याम्बोर्गिनी युरुस बाट समान प्लेटफर्म र धेरै प्रविधिहरू साझा गर्दछ ।

ट्वारेग–आर एउटा ठूलो आकारको फन–टु–ड्राइभ लक्जरी एस्युभी हो जुन जर्मन कार निर्माता फक्सवागन समूहले २००२ देखि ब्राटिस्लाभा प्लान्टमा उत्पादन गरेको हो। नेपालमा सन् २०१० मा आधिकारिक रूपमा बिक्री बितरन गर्दै आइरहेकोे फक्सवागन ट्वारेग समाजको उच्च वर्गले रुचाएको फक्सवागन मोडल हो। २०१० मा बिक्री बितरन भएदेखि नै, ट्वारेग–आर एस्युभी सेग्मेन्तमा नयाँ बेन्चमार्क स्थापित गदै आएको छ ।

कम्पनीका अनुसार नयाँ ट्वारेग–आरमा आठ स्पीड अटोमेटिक गियरबक्स, २० इन्चको एलोय ह्वील, ट्र्याक्सन कन्ट्रोल र फोर ह्वील ड्राइभ रहेको छ । यसले अत्यन्तै प्रतिकुल मौसम तथा रोडमा पनि सिमलेस ड्राइभिङको अनुभुति दिन्छ । यीगगायत थुप्रै नयाँ विशेषता कारमा रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले नयाँ ट्वारेग–आरको प्रारम्भिक मूल्य ३ करोड २५ लाख रुपैयाँ राखेको छ । यो बीएमडब्लू एक्स फैब, रेन्ज रोभर स्पोर्ट्स आदिसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।