लगानी खबर, काठमाडौँ - कर्मचारी सञ्चय कोषले असार मसान्तसम्मकाे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार असार मसान्तसम्ममा कोषकाे १ खर्ब ७ अर्ब रूपैयाँ बराबरकाे रकम बैंक तथा वित्तीय संस्थाहरूमा मौज्दात रहेको छ । गत वर्षकाे यसै अवधिसम्ममा कोषकाे ७८ अर्ब ७८ करोड ७५ लाख रूपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा मौज्दात रहेको थियाे ।
यसैगरी, असार मसान्तसम्ममा काेषले २१ अर्ब १४ करोड ४१ लाख रूपैयाँ धिताेपत्रहरूमा लगानी गरेकाे छ । गत वर्षकाे यसै अवधिसम्ममा कोषले धिताेपत्रहरूमा २२ अर्ब ९७ करोड १० लाख रूपैयाँ लगानी गरेकाे थियाे ।
कोषले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।