Like us!
Follow us!

ह्वात्तै बढ्यो कारोना संक्रमण दर, एकै दिन थपिए ५०८७ संक्रमित

ह्वात्तै बढ्यो कारोना संक्रमण दर, एकै दिन थपिए ५०८७ संक्रमित

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४  घण्टामा थप ५ हजार ८७ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५ सय ६० जनाको कोरोना परीक्षण भएकोमा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार १३ हजार ४ सय ७४ जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा ४ हजार २ सय ४ जना र ७ हजार ८६  जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा ८ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै  बितेको २४ घण्टामा ३ सय ६ जना निको भएर घर पर्किएका छन् भने ३ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६ सय १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

हाल १८ हजार २ सय ३५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।