Like us!
Follow us!

सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा सम्पन्न, पारित भए यी प्रस्ताव

सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा सम्पन्न, पारित भए यी प्रस्ताव

लगानी खबर, काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा आज (पौष ३० गते शुक्रबार) आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । 

उक्त सभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७÷७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन लगायतका प्रस्ताव पारित गरेको छ । 

त्यस्तै, साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१५सेयर संरचनालाई ५१.५ हुने गरी सेयरधनीहको सेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग र १०८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।