Like us!
Follow us!

यस कारण हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया भाँडियो

यस कारण हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया भाँडियो

लगानी खबर, काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच हुन लागेको मर्जर अन्तिम समयमा आएर भंग भएको छ । हिमालयन बैंक लिमिटेडको आज (पौष ३० गते, शुक्रबार) भएको साधारण सभामा सेयरधनीहरूबीच मर्जरका विषयमा विवाद भएपछि मर्जरको प्रस्ताव भाँडिएको हो । 

विवादपछि मर्जरलाई अगाडि बढाउने कि नबढाउने भनेर मतदान भएको थियो । मतदानमा कूल प्रोक्सी भोट ९ करोड २५ लाख २३ हजार ४ सय १० आएको थियो । यसमा मर्जरको पक्षमा ४३.६३ प्रतिशत भोट र विपक्षमा ४२.२९ प्रतिशत भोट आएको थियो । मर्जर गर्ने भए ७५ प्रतिशत मत पक्षमा आउनु पर्दथ्यो । त्यसो नहुँदा मर्जर भाँडिएको छ ।

सभामा नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्बन्धी भएका समझदारी पत्र, अन्तिम सम्झौतालगायत सम्पूर्ण कामहरु स्वीकृत गर्ने प्रस्ताव थियो ।

दुवै बैंकबीच वैशाख ३० गते, बिहिबार एक आपसमा गाभ्न गाभिनका लागि प्रारम्भिक समझदारी पत्र (आईओएम) मा हस्ताक्षर भएको थियो । हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतम तथा नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडेले उक्त सम्झौतापत्रमा  हस्ताक्षर गरेका थिए ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।