Like us!
Follow us!

नबिल बैंकसँग मर्ज हुने भएपछि नेपाल बङ्गलादेश बैंकको सेयर कारोबार रोक्का

नबिल बैंकसँग मर्ज हुने भएपछि नेपाल बङ्गलादेश बैंकको सेयर कारोबार रोक्का

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ । नबिल बैंकसँग मर्ज हुने भएपछि नेपाल बङ्गलादेश बैंकको नेप्सेमा सेयर कारोबार रोक्का भएको हो । 

हिजो (पौष २९ गते, बिहीबार) नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ ।

त्यसैले, बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर कारोबार आज (पौष ३० गते, शुक्रबार) बाट रोक्का राखिएको नेप्सेले जनाएको छ ।

सूचना हेुर्नहोस् :

61e128eb59b4e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।