लगानी खबर, काठमाडौं - ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ ।
कम्पनीको आज (पौष ६ गते मंगलबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको १२ औं वार्षिक साधारण सभा माघ २१ गते, (शुक्रबार) आम्रपाली व्याकेट बालुवाटार काठमाण्डौंमा बिहान ११:०० बजे देखि सुरु हुनेछ ।
सभामा कम्पनीको संचालक समितिको तर्फवाट आ.व. २०७७/७८ (बाह्रौं) बार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.ब. २०७८/७९ को लागी लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति
गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने गरिने छ ।
त्यस्तै, आ.व. २०७७/७५ को लागी संचालक समितिले निर्णय गरि कम्पनी रजिष्ट्रारको कार्यालयवाट मिति २०७८पौष ५ मा नियुक्त भएका लेखापरीक्षक छितिज शर्मा एण्ड एशोसिएट्सका लेखापरिक्षक सि.ए. छितिज शर्माको नियुक्ती तथा पारिश्रमिक अनुमोदन गरिने छ । आ.व. २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाब तथा सम्वन्धित अनुसूची छलफल गर्ने लगायतका प्रस्ताव पारित गरिने छ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ ९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ ६ गते बिहीबार सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
सूचना हेर्नुहोस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।