Like us!
Follow us!

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको (पौष २६ गते सोमबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको चौंथो वार्षिक साधारण सभा माघ २७ गते, (बिहीबार) होटल हुकुम दरवार, कमलपोखरी, काठमाण्डौंमा बिहान ११:०० बजे देखि सुरु हुनेछ ।

सभामा संचालक समितिका तर्फबाट अध्यक्षबाट पेश हुने आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरिने छ । लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७६/७७ को आय व्यय हिसाव, नाफारनोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गरिने छ । 

त्यस्तै, सञ्चालक समितिद्वारा स्वतन्त्र सञ्चालकमा नियुक्त रविराज भट्टराईको नियुक्ति अनुमोदन गर्ने, लेखा परिक्षण समितिद्वारा सिफारिस आनन्दराज शर्मा वाग्ले, वाग्ले एण्ड एसोसियट्सलाई आ.व. २०७७/७८ अवधिका लागि लेखा परिक्षकमा नियुक्त गरिने छ । 

त्यसैगरी, कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७६/७७ मा भएको खर्च अनुमोदन गरिने छ । साधारणसभा कोभिड १९ को संक्रमणका कारण भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

सूचना हेर्नुहोस् :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।