Like us!
Follow us!

बोर्डको अध्यक्षमा १५ जनाको आवेदन, क-कसले दिए ?

बोर्डको अध्यक्षमा १५ जनाको आवेदन, क-कसले दिए ?

लगानी खबर, काठमाडाैँ - नियामक निकाय नेपाल धितोपत्र बोर्डले अध्यक्षका लागि दाेश्राे पटक खोलेको विज्ञापनमा १५ जनाबाट आवेदन परेको छ । 

अन्तिम दिनसम्ममा बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, नेपाल राष्ट्र बैंकका पूर्व ​कार्यकारी निर्देशक डा. गोपाल भट्ट, डा. केशव प्रसाद श्रेष्ठ, रमेश कुमार हमाल, डा. जीवन अमगाई, अनिल पौडेल, अम्बिका शर्मा लामिछाने, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, हेमन्त बस्याल, रमेश घिमिरे र कृष्ण आचार्यको आवेदन परेको बोर्डले जनाएको छ । 

यसअघि खुल्ला गरिएकाे विज्ञापनमा १२ जनाले अध्यक्षका लागि आवेदन दिएका थिए । अध्यक्ष छनोट गर्न गठन गरेको छनोट समितिमा कानूनी रूपमा बाधा देखिएपछि अर्थ मन्त्रालयको छनोट तथा सिफारिस समितिले  पुनः दरखास्त आह्वान गरेको थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।