Like us!
Follow us!

थप ३५५३ जनामा संक्रमण पुष्टि, ह्वातै बढ्यो सक्रिय संक्रमितको संख्या

थप ३५५३ जनामा संक्रमण पुष्टि, ह्वातै बढ्यो सक्रिय संक्रमितको संख्या

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४  घण्टामा थप ३ हजार ५ सय ५३ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ८१ जनाको कोरोना परीक्षण भएकोमा ३ हजार ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार १० हजार ४ सय ९८ जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा २ हजार ९ सय २२ जना र ४ हजार ५ सय ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै  बितेको २४ घण्टामा २ सय ७१ जना निको भएर घर पर्किएका छन् भने १ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६ सय १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

हाल १४ हजार ३ सय ४० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढ्दै गएको छ । 

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।