Like us!
Follow us!

बढेको बजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

बढेको बजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं - यस महिनाको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार रौनकता छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेको छ ।

हरियाली बजारमा आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । आज कम्पनीको ३४ करोड ३१ लाख ४३ हजार २ सय ४५ रूपैयाँको कारोबार भएको छ । 

त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : अपि पावर, नेपाल इन्फ्रास्टक्चर बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, हिमालयन डिष्टिलरी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर, ङाादी ग्रुप पावर, अरुण काबेली पावर, छिमेक लघुवित्त र नेशनल हाइड्रोपावर, कम्पनी लिमिटेड रहेका छन् । 


 

61dff4c2058e1.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।