Like us!
Follow us!

हरियाली बजारमा आज यी १० कम्पनीका लगानीकर्ता मख्खै

हरियाली बजारमा आज यी १० कम्पनीका लगानीकर्ता मख्खै

लगानी खबर, काठमाडौं - यस महिनाको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार रौनकता छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेको छ ।

बढेको बजारमा आज मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ७९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ ।

त्यस्तै सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : माउन्टेन हाइड्रो नेपाल लिमिटेड, कर्णाली डेभलपमेन्ट बैंक, शिभ श्री हाइड्रोपावर, आइसिएफसि फाइनान्स, रसुवागढी हाइड्रोपावर, ङादी ग्रप पावर, अपर तामाकोशी हाइड्रोपावर, राधि विद्युत कम्पनी र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । 
 

61dff2ffbe285.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।