लगानी खबर, काठमाडौं - यस महिनाको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा रौनकता छाएको छ । अघिल्लो दिन ३०.५१ अंकले घटेको सेयर बजारमा आज भने वृद्धि देखिएको हो । बजार बढ्दा हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेको छ । नेप्से १.९३ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ९.९४ अंकले बढेर ५३०.८३ विन्दुमा पुगेको छ ।
कूल २२४ वटा कम्पनीको १ करोड १८ लाख ३४ हजार २ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५ सय ६८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहहरुको सेयर घटेको छ भने बाँकी १२ उपसमूहहरुको सेयर बढेको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर समूहको सेयर बढेको छ ।
बजार बढ्दा कारोबार रकममा अपर तामाकोशी हाइड्रोपावर लिमिटेड अब्बल देखिएको छ । आज हाइड्रोपावरको ३४ करोड ३१ लाख ४३ हजार २ सय ४५ रूपैयाँको कारोबार भएको छ ।
बिहीबार मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ७९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, आज नबिल डिबेञ्चर २०८५ को मूल्य सर्वाधिक घटेको छ । आज डिबेञ्चरको मूल्य २.०३ प्रतिशतले घटेर ९ सय १ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ ।
हेर्नुहोस् आजको तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।