Like us!
Follow us!

लाभांश पारित गर्न एशियन लाईफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न एशियन लाईफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लगानी खबर, खबर, काठमाडौं  - एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको हिजो (पौष २८ गते (बुधबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीकोको १३ औं वार्षिक साधारण सभा माघ २१ गते, (शुक्रबार) होटल दियालो लर्डस प्लाजा, आदर्शनगर बिरगन्जमा बिहान ११ः३० बजेबाट सुरु हुने छ ।  ।।

उक्त सभामा कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यस्तै, संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ (NFRS बमोजिम) आषाढ मसान्त सम्मको वासलात,नाफारनोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथी छलफल तथा पारित गरिने छ । 

त्यसैगरी, लाभांश वितरण तथा साधारणसभा प्रयोजका लगि कम्पनीले माघ १२  गते बुक क्लोज गर्ने निर्णय गरेको छ । । त्यसैले, माघ ११ गते (मंगलबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सूचना हेर्नुहोस् :

 

61dfba5bf1f75.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई news.laganikhabar@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।