Like us!
Follow us!

प्रिमियर इन्स्योरेन्सको लाभांश परिमार्जन, बढ्यो बोनस : सभा कहिले ?

प्रिमियर इन्स्योरेन्सको लाभांश परिमार्जन, बढ्यो बोनस : सभा कहिले ?

लगानी खबर, काठमाडौं - प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्तावित लाभांश परिमार्जन गरेको छ । बीमा समितीले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा पूर्णरूपमा (कर प्रयोजन बाहेक) लगाएपछि कम्पनीको लाभांश परिवर्तन भएको हो ।  

लाभांश परिमार्जन सँगै इन्स्योरेन्सले २८ औँ वार्षिक साधारण सभा पनि आह्वान गरेको छ । कम्पनीको पौष २८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १३ औँ वार्षिक साधारण सभा माघ २१ गते शुक्रबार प्रिमियर भवन नक्साल काठमांडौमा भर्चुअल माध्यामबाट बिहान ११:०० बजे सुरु हुने छ ।

कम्पनीले यसअघि नै गत आवको नाफाबाट ७ दशमलव ५ प्रतिशत बोनस सेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । तर अब कम्पनीले बिमा समितीको निर्देशन पछि गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी १५ प्रतिशत नै लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले ५ माघ देखि २१ गतेसम्म बुक क्लोज गर्नेछ । यसअनुसार ४ माघसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

सूचना हेुर्नहोस् :

61df8053d4b40.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।