Like us!
Follow us!

ज्योति विकास बैंकद्वारा विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान

लगानी खबर, काठमाडौं - ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत देशका विभिन्न ४ अस्पताललाई बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । बैंकले भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र - प्युठान, महादेवपुरी स्वास्थ्य चौकी - बाँके, बर्दिया जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय - जाजरकोटलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको हो । 

बैंकले यी विभिन्न अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो । अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरु बाट भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र, महादेवपुरी स्वास्थ्य चौकी बाँके, बर्दिया जिल्ला अस्पताल र जाजरकोट स्वास्थ्य सेवा कार्यालयका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । साथै सोहि कार्यक्रमकाबीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट स्वर्गद्वारी नगरपालिका भिंग्री, प्युठान स्थित प्राथमिक स्वास्थ्य केन्द्र, राप्ती सोनारी गाउँपालिका वडा नं.९ बाँके स्थित महादेवपुरी स्वास्थ्य चौकी, गुलरिया नगरपालिका वडा नं. ६ स्थित बर्दिया जिल्ला अस्पताल र भेरी नगरपालिका वडा नं. ३ स्थित स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन् ।

ज्योति विकास बैंकले हाल १०८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।                                       

 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।