लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको चौंथो दिन आज (बुधबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३०.५१ अंकले घटेर २८०३.६२ विन्दुमा झरेको छ ।
घटेको बजारमा आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेर ६ सय ५ रुपैयाँ २० पैसा पुगेको छ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर ३ सय ७२ रुपैयाँ ९० पैसा पुगेको छ ।
त्यस्तै सर्वाधिक सेयर मूल्य बट्ने अन्य कम्पनीहरुमा क्रमश : नारायणी डेभलपमेन्ट बैंक, मध्य भोटेकोशी जलविद्युत कम्पनी, १०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर २०८२, साम्लीङ पावर, मैलुङ खोला जलविद्युत कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी र नेपाल बंगलादेश बैंक लिमिटेड रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।