Like us!
Follow us!

फेरी ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुस आजको भाउ ?

फेरी ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुस आजको भाउ ?

लगानीखबर काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । 

आज (मंगलबार) छापावाला सुनको मूल्य तोलाको ६ सय रूपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी  महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको २० रूपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ४० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

सोमबार सुनको मूल्य तोलाको ४ सय रूपैयाँले बढेर, छापावाला सुन प्रतितोला ९६ हजार  ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६  हजार ४ सय रुपैयाँ पुगेको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।